२०८१ बैशाख १७, सोमबार    

रुंगटा वेयलफेयर सोसाइटीद्वारा कम्बल वितरण

२०८० माघ १३, शनिबार १६:१२ बजे

रुंगटा वेयलफेयर सोसाइटी आदर्श नगर वीरगञ्जले हेटौंडा–१६ स्थित आकाशधारामा कम्बल वितरण गरेको छ ।

पोषक ब्रिडर फार्म प्रालि हेटौंडा, हटिया र ओसीबी पैलेट हेटौंडासँगको समन्वयमा रुंगटा वेयलफेयरले चिसोबाट प्रभावित एकसय घरपरिवारलाई कम्बल वितरण गरेको हो । शनिबार हेटौंडा–१६का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा भएको वितरण कार्यक्रममा उद्योग बाणिज्य संघ मकवानपुरका उपाध्यक्ष राजु अधिकारी, पोषक ब्रिडर फार्मका सञ्चालक शिवकुमार रुंगटा र नारायण रुंगटाको उपस्थितिमा कम्बल वितरण गरिएको हो ।

मकवानपुर कुखुरा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष जयराम अर्याल, स्थानीय समाजसेवी तथा युवाहरुको उपस्थितिमा कम्बल वितरण गरिएको हो । वेयलफेयरले हेटौंडामा विभिन्न समयमा आफ्नो सामाजिक दायित्व पूरा गर्दै विभिन्न रचनात्मक क्रियाकलाप गरिरहेको छ ।