२०८१ बैशाख १६, आईतबार    

एउटै रूखमा तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला

२०७९ श्रावण ८, आईतबार ११:५९ बजे

 

झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । कचनकवल गाउँपालिका ५ मा आज (आइतबार) बिहान एउटै रूखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

 

स्थानीय बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीहरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् ।

हिजो  (शनिबार) दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७:३० बजे झुन्डिएको अवस्थामा फेला परेको डिएसपी पाठकले जानकारी दिए ।