२०८१ जेठ २, बुधबार    

मनहरीमा एमाले ‘क्लिनस्विप’

२०७९ जेठ ४, बुधबार १९:१६ बजे

नेकपा एमाले पश्चिम मकवानपुरमा पूर्णरुपमा ‘क्लिनस्विप’ भएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा मनहरीमा प्रमुख, उपप्रमुखसहित वडामा आफ्नो वर्चश्व कायम गरेको एमाले यसवर्ष उपस्थितिविहीन भएको हो । एमालेले मनहरीमा कुनै पनि वडामा बाजी मार्न सकेन । मनहरी यस स्थानीय तहको निर्वाचनमा कांग्रेसले ६ र माओवादीले ३ वटा वडामा विजयी भएको छ । मनहरीमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेतीले प्रमुखमा विजयी भएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी सीता पुलामी मगर विजयी भइन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारी घोषणा भने गरेको छैन ।