२०८१ बैशाख १६, आईतबार    

राक्सिराङमा ससुरा र जेठाजुद्वारा बुहारीलाई बलात्कार गरेको आरोप

२०८० मंसिर १३, बुधबार १९:३६ बजे

केही समयअघि राक्सिराङ गाउँपालिका ८ मा जबरजस्ती करणीका घटनाकी पीडितले प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।

समिना प्रजा (नाम परिवर्तन) लाई उनकै ५५ बर्षीया ससुरा पर्ने सुरेन्द्रले ब्ल्याकमेलिङ गरेर शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको घटना केही समय अगाडि सार्बजनिक भएको थियो । यो घटना २०८० साल जेठ ७ गतेको हो । जुन दिन सुरेन्द्रले घ्यामरिङ भन्ने एकान्त गोठमा बोलाएर बुहारी समिनालाई ब्ल्याकमेलिङ गरी शारीरिक सम्बन्ध राख्न बाध्य बनाएका थिए ।

सुरेन्द्रले ‘तिमी फलानो केटासाग सुतेको मैले देखेको छु, मलाई नदिने भए त्यो कुरा सार्बजनिक गरिदिन्छु’ भनेपछि डराएकी समिना सुरेन्द्रसँग सम्बन्ध राख्न बाध्य भएकी थिइन् । समिनाको १ बर्षको छोरा छन् भने श्रीमान केही समयदेखि ज्यामी कामका लागि काठमाडाौमा रहँदै आएका छन् ।
ससुरा पर्ने ५५ बर्षीयासँग शारीरिक सम्बन्ध राख्न बाध्य भएकी २२ बर्षकी समिनालाई २०८० साल असार २३ गते राति अर्को आपत आइलाग्यो । रातिको सममय फेरि जेठाजु पर्ने सुजन प्रजा बिस्तारै बिस्तारै घरभित्र छिरे ।

बुहारी समिनासँग बिस्तारै नजिकिादै गए, लामो हात गर्न थाले । कथा पुरानै दोहोरियो । ब्ल्याकमेलिङ शैलीमै उनले पनि बुहारीसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरे । ‘तपाई मेरो जेठाजु मान्छे, मलाई छुन समेत हुँदैन परै बस्नुन्’ भन्दै समिनाले जोगिन खोजेपनि सुजनले छाडेनन् ।

एक कान, दुई कान मैदान हुँदै यो घटना गाउँभरि फैलियो । त्यसपछि न्यायका निम्ति समिना प्रहरीसम्म पुगिन् । इलाका प्रहरी कार्यालय मनहरीमा कात्तिक २५ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

यद्यपि अभियुक्त सुरेन्द्र र सुजन अझै पक्राउ परेका छैनन् । प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।