२०८१ जेठ ४, शुक्रबार    

नेपाल विश्वकप कपमा पुग्न युएईसँग खेल्दै

२०७८ फाल्गुन १०, मंगलबार ११:५५ बजे

नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा आज युनाइटेड अरव इमिरेट्स(युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा हुनेछ ।

नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । पहिलो सेमिफाइनलमा दुई बलिया टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।
दोस्रो सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन् । आयरल्यान्ड समूह ए को विजेता र ओमान समूह बी को उपविजेता हुन् । नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । अपराजित रहँदै सेमिफाइनल खेल्ने नेपाल एक्लो टोली हो ।