२०७९ चैत्र १७, शुक्रबार    

टिस्टुङको ओम अध्याय रिसोर्ट सम्मानित

२०७९ आश्विन १२, बुधबार १६:२५ बजे

४३ औं विश्व पर्यटन दिवसका अवसरमा मकवानपुर टिस्टुङस्थित ओम अध्याय रिट्रिट रिसोर्ट सम्मानित भएको छ। ग्रामीण क्षेत्रको उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने रिसोर्टलाई सरकारले सम्मान गरेको हो । 

पर्यटन बोर्डको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले रिसोर्टलाई कदरपत्रसहित सम्मान गरेका हुन् । सरकारले हरेक वर्ष पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ। 

यो सम्मानले थप हौसला मिलेको रिसोर्ट सञ्चालक अर्जुनसिंह ठकुरीले जानकारी दिए । ‘सानो भवनसहित आफ्नै गाउँको कुना र खोल्सामा खोलिएको  रिसोर्ट अहिले तीन तारेसम्मको यात्रामा छ । आफ्नो गाउँठाउँ चिनाउने यो यात्रा जटिल तर रोमाञ्चक रह्यो,’ ठकुरीले भने  ।