२०८१ बैशाख १९, बुधबार    

खुर्पा प्रहारबाट न्यासुर घाइते

२०७९ कार्तिक २६, शनिबार १८:३० बजे

मकवानपुरको बकैया-१२ मा खुर्पा प्रहारबाट एकजना घाइते भएका छन् । 

शुक्रबार साँझ बकैया-१२ रातोमाटेमा स्थानीय २८ बर्षीय बुद्धिलाल न्यासुर र  २४ बर्षीय राज कुमार न्यासुर बिच  बादबिवाद बुद्धिलाल न्यासुरले राज कुमार न्यासुरलाई खुर्पा प्रहार गरेको मकवानपुर प्रहरीले जनाएको छ । 

खुर्पा प्रहारबाट न्यासुर घाइते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन् । खुर्पा प्रहार गर्ने बुद्धिलाललाई नियन्त्रणमा लिएको,दुवैजनाले मादक पदार्थ सेवन गरेको खुलेको तथा  आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।