२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुर प्रदेश क्रिकेट च्याम्पियन

२०७८ चैत्र ७, सोमबार १७:२२ बजे

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको उपाधि मकवानपुरले जितेको छ । सोमबार चितवन जिल्लास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो ।

धादिङले टस जितेर मकवानपुरलाई व्याटिङको निम्तो दिएको थियो । सुरुवाती व्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभर मा ८ विकेट गुमाएर १ सय ५६ रन बनाउन सफल भयो । मकवानपुरका लागि रिजन ढकालले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएका थिए ।

१ सय ५७ रनको लक्ष्य पाएको धादिङ २० ओभर मा १ सय २४ रनमा अलआउट भएपछि मकवानपुरले खेल २४ रनले जितेको हो । धादिङका लागि उज्ज्वल थापाले सर्वाधिक ४० रन बनाएका थिए । बलिङतर्फ मकवानपुरका रिजन ढकालले ४ विकेट हात परे । म्यान अफ द म्याच मकवानपुरका रिजन ढकाल भए । उपाधि विजेता मकवानपुरले ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् ।