२०८१ बैशाख १४, शुक्रबार    

गायक विवेक लामा हेटौंडामा

२०७८ चैत्र ३०, बुधबार १७:२७ बजे

गायक विवेक लामा आफ्नो सांगीतिक कोसेली प्रस्तुत गर्न हेटौंडा आएका छन् ।
नयाँ वर्षको अघिल्लो दिन बुधबार हेटौंडा–२ स्थित रेड पाण्डा होटलमा आफ्नो सांगीतिक कोसेली प्रस्तुत गर्न उनी हेटौंडा आएका हुन् । भ्वाइस अफ नेपाल सिजन १ का रनरअप रहेका लामाले बेलुका ७ बजेपछि आफ्नो स्वरमा हेटौंडालेली फ्यानहरुलाई नचलाउनेछन् ।
उनीसँगै अर्का गायक डेभीड थापाले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् । आयोजकले आफ्नो तयारी पूरा भइसकेको जानकारी दिएको छ ।
नयाँवर्षको सन्दर्भ पारेर हेटौंडाका होटल तथा रेष्टुरेण्टहरुले विभिन्न कार्यक्रमको आयोजनाको तयारी गरिरहेका छन् ।