२०८१ बैशाख १३, बिहीबार    

संगीतबाट सन्यास लिने निर्णयबाट पछि हटे नितेशजंग कुँवर

२०७९ श्रावण ३१, मंगलबार १६:३३ बजे

युवापुस्तामाझ रुचाइएका गायक नितेशजंग कुँवर सांगीतिक करिअर टुंग्याउने निर्णयबाट पछि हटेका छन् ।

इन्स्टाग्राममा लामो वक्तव्य जारी गर्दै उनले आफूले विगतमा गरेको निर्णयबाट पछि किन हट्नुपर्‍यो भन्नेबारे प्रष्टीकरण पनि दिएका छन् ।

केही वर्षअघि उनले आफ्नो सांगीतिक करिअर टुंग्याउनेबारेको स्टाटस पोस्ट गरेका थिए । उक्त घोषणापछि उनलाई फ्यानले त्यसो नगर्न र करिअरलाई जारी राख्न दबाब दिंदै आएका थिए ।