२०८१ चैत्र ७, बिहीबार    

सदनमा माओवादी र एस सांसदको उपस्थिति न्यून

२०८१ श्रावण १६, बुधबार १९:२८ बजे

वाग्मती प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुको उपस्थिति न्यून देखिएको छ ।

भर्खरमात्र सरकारबाट बाहिरिएको माओवादी, नेकपा (एस), प्रतिपक्षी दल राप्रपालगायत सांसदको उपस्थिति सदनमा न्यून देखिएको हो । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा वैठक करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो ।

प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्च भरिभराउ थिए भने प्रतिपक्षको उपस्थिति न्यून रहेको थियो । प्रतिपक्षको बेञ्चमा रहेको माओवादीका २१ सांसद मध्ये ८ जनाको उपस्थिति रहेको थियो । बैठकमा दलका प्रमुख सचेतक रत्न ढकाल, भुवन केशरी श्रेष्ठ, मातृका भट्टराई, ठाकुर प्रसाद ढकाल, उर्मिला लामा, रुकु चौलागाई, देवेन्द्र श्रेष्ठ र ईश्वर सापकोटा उपस्थित भएका थिए ।

राप्रपाका १३ सदस्यमध्ये दलको नेता उद्धव थापा, आशा लामा, नुरज बज्राचार्य, डम्बर तामाङ, लक्ष्मी घिमिरे र धनेश्वरी प्रजापति उपस्थित थिए । अन्य ६ जना सांसद भने संसद् बैठकमा उपस्थित थिएनन् ।

प्रतिपक्ष दल एकीकृत समाजवादीबाट एक जना उपस्थित भएका थिए । सो दलबाट रमा आले मगर उपस्थित थिइन् भने नेमकिपा र हाम्रो नेपाली पार्टीबाट संसद् बैठकमा कुनै पनि सांसद देखिएनन् ।

बैठकमा एमालेका २७ र कांग्रेसका ३६ सांसद उपस्थित थिए ।