२०८१ बैशाख १४, शुक्रबार    

नवयुवाको सभाः २५ करोड ५१ लाख कारोबार

२०७९ भाद्र २६, आईतबार १०:१० बजे

हेटौंडा ११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आव २०७८/०७९मा २५ करोड ५१ लाख ४१ हजार १०९ रुपैयाँको कारोबार गरेको छ । संस्थाको १४ औं वार्षिक सभा गर्दै सहकारीले वार्षिक आर्थिक तथा सामाजिक कार्यक्रमहरुको प्रतिवेदन पेश गरेको छ ।

सहकारीका अध्यक्ष फुलमान बलको अध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा सभा भएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्नुका साथै सचिव गोविन्द पुडासैनीले आगामी प्रस्तावित नीति तथा कार्यक्रमको प्रतिवेदन पेश गरेका थिए ।

सहकारीले सभाको अवसर पारी असल ऋणी तर्फ तुलसी शिवाकोटी, नियमित बचततर्फ सोविता कुमारी अधिकारी, उत्कृष्ट बाल बचततर्फ प्रिन्स अर्याल, एकल महिला बचततर्फ टिकाकुमारी पराजुली, जेष्ठ नागरिक बचततर्फ धर्मकुमारी ढुङ्गाना, पेन्सन बचततर्फ कमली डिम्डुङ र नवयुवा विशेष बचततर्फ प्रह्लाद सापकोटालाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा संस्थागत विद्यालयका प्रिन्स बर्तौला र सामुदायिक विद्यालयका कृपा चौरेललाई छात्रवृति प्रदान गरिएको थियो । सहकारीले संस्थाका सहव्यवस्थापक सुभाष अर्याललाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको थियो ।

सहकारीले सदस्यलाई २० करोड ८० लाख ८६ हजार ३४८ रुपैयाँ लगानी गरेको छ भने १८ करोड ८१ लाख २२ हजार ५२८ रुपैयाँ बचत निक्षेप संकलन गरेको संस्थाका व्यवस्थापक नन्दलाल श्रेष्ठले बताए । सहकारीमा एक हजार ८६५ जनाको ३ करोड ९७ लाख २० हजार दुई सय शेयरपुजीँ रहेको छ ।

सभामा वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, वडा सदस्यहरु गीता सुनार, संजय विडारी, विकास नेपाल, जिल्ला बचत संघका सहसचिव विजय बहादुर बस्नेत, हेटौंडा उपमहानगरका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेल, संस्थापक अध्यक्ष गोकर्ण पराजुली, नेफ्स्कुन हेटौंडा कार्यालयका राजेन्द्रप्रसाद पौडेल, बागेश्वरी महिला साकोसका अध्यक्ष आशा अधिकारी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा. गणेश लामा, संस्थाका सल्लाहकार कृष्णप्रसाद उप्रेती, सन्देश विडारी, विष्णु खनाल, दीपक शिवाकोटी लगायत विभिन्न संस्था तथा टोलविकासका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।