२०८१ जेठ ४, शुक्रबार    

महिला दौडमा अमृता मुक्तान प्रथम

२०७८ फाल्गुन २४, मंगलबार १७:४६ बजे

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार हेटौंडामा खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा १ किलो मिटर महिला खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको हो ।

हेटौंडा–४ हुप्राचौरको उत्तरगेटबाट शुरु भएको दौड शितलमहल चोक, पुर्वीगेट हुँदै पुनः खेल मैदानमा आएर टुंगिएको उक्त प्रतियोगितामा अमृता मुक्तान प्रथम भएकी छन् । निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पार गर्दै अमृता प्रथम बनेकी हुन् । यस्तै, प्रतियोगितामा रितिका तिमल्सिना द्धितिय र लक्ष्मी थिङ तृतीय भएका छन् । उनीहरुले क्रमशः नगद १० हजार, ७ हजार र ४ हजार रुपैयाँसहित शिल्डमेडल, प्रमाणपत्र र खेल सामाग्री प्राप्त गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहानगरका सचिव तथा केन्द्रीय आयोजक कमिटी सदस्य धरम लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सदस्य तथा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय सदस्य सानु लामा, मदनभण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको आथित्यता रहेको थियो ।