२०८१ बैशाख १५, शनिबार    

काव्यमणि अधिकारीको नेतृत्वमा खाद्यान्न व्यवसायी संघ

२०७९ असार २५, शनिबार १८:२० बजे

खाद्यान्न तथा किराना व्यवसायी संघ मकवानपुरको अध्यक्षमा काव्यमणि अधिकारी चयन भएका छन् । शनिबार भएको खाद्यान्न व्यवसायी संघको आठौं साधारणसभा तथा अधिवेशनले अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाा कार्यसमिति चयन गरेको हो ।

संघ उपाध्यक्षमा सुदर्शन खरेल, महासचिव कुलप्रसाद चौलागाईं, कोषाध्यक्ष प्रदीपकुमार गुप्ता, सचिव राजेन्द्र फुयाँल तथा सदस्यमा अनिल बस्नेत, बासु दाहाल, सत्यबहादुर प्रजापति, प्रल्हाद सापकोटा र कृष्ण मोक्तान रहेका छन् ।

साधारणसभाकै बीच नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुर र मकवानपुर किराना व्यवसायी संघ मर्ज भएको छ । मर्जपश्चात संस्थाको नाम नेपाल खाद्यान्न तथा किराना व्यवसायी संघ राखिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा मउवा संघका बरिष्ठ उपाध्यक्ष अनिल खग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट लगायतको आतिथ्यता रहेको थियो । खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको हो ।