२०८१ बैशाख १३, बिहीबार    

दशौं राष्ट्रिय पोल्ट्री दिवस सुरु

२०७९ पौष ११, सोमबार १६:५२ बजे

दशौं राष्ट्रिय पोल्ट्री दिवस सोमबारबाट हेटौंडामा औपचारिकरुपमा सुरुवात भएको छ ।

‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले विहान पत्रकार सम्मेलन र दिऊँसो अन्तर्क्रिया कार्यत्रम गरी कार्यक्रमलाई औपचारिकरुपमा सुरुवात गरेको हो । कार्यालयका निमित्त प्रमुख बज्रकिशोर ठाकुरको सभाध्यक्षता तथा वाग्मती प्रदेश सरकारका पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा मन्त्री हुमागार्इंले व्यवसायीको हितलाई मध्यनजर गर्दै सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरिएको र सञ्चालनको प्रक्रिया अघि बढेको बताए । उनले प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश, २०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको जानकारी दिए ।

वाग्मती प्रदेश सरकारले किसानहरुलाई लक्षित गरी ५ करोड रुपैयाँ बजेट छुट्याएर स्थायी क्षतिपुर्ति कोष स्थापना गरी सञ्चालन गरिएको जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका निमित्त प्रमुख बज्र किशोर ठाकुरले पोल्ट्रीको सप्ताहव्यापी कार्यक्रमले अण्डा तथा मासुको उपभोग बढ्ने विश्वास व्यक्त गरे ।
मकवानपुरका उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी राजु अधिकारीले जिल्लामा अहिले पोल्ट्री व्यवसायीहरुको संख्या घट्दै गइरहेको गुनासो गरे ।