२०८१ बैशाख २९, शनिबार    

मकवानपुरमा ५२ स्वास्थ्यकर्मी कोरोना संक्रमित

२०७८ माघ ५, बुधबार ०७:४३ बजे

हेटौंडा/ मकवानपुरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका गरी मंगलबारसम्म ५२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारयता हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मी सक्रमित भएका छन् । १३ जना मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ३ जना कैलाश गाउँपालिकास्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हेटौंडा अस्पतालको ४ चिकित्सक, ११ नर्स, ल्याबलगायतमा कार्यरत १३, प्रशासनिक र कार्यालय सहयोगी ८ जना गरी कुल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष राजेश प्रसाईंले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रामचन्द्र सापकोटा पनि संक्रमित भएका छन् । मकवानपुरमा संक्रमण दर बढिरहेकाले इमर्जेन्सी भएमा मात्र अस्पताल आउन सेवाग्राहीलाई सूचना जारी गरिएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ सय ८२ जनामा परीक्षण गरिएकोमा २ सय १६ जनामा पुष्टि भएको छ । मकवानपुरमा संक्रमण दर बढिरहेकाले इमर्जेन्सी भएमा मात्र अस्पताल आउन सेवाग्राहीलाई सूचना जारी गरिएको छ ।