२०८१ बैशाख २५, मंगलबार    

गठबन्धनलाई जिताउन कांग्रेस शीर्ष नेता फिल्डमा

२०७९ बैशाख १८, आईतबार १२:४४ बजे

हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई जिताउन कांग्रेस शीर्ष नेतृत्व फिल्डमा उत्रिएका छन् ।

कांग्रेस पूर्वसभापति माइकल रामचन्द्र अर्याल, पूर्वउपसभापति अशोक शाक्य, पूर्वसचिव आनन्दराम पराजुली चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको आइतबार विहान हेटौंडा–२, वनस्खण्डी क्षेत्रबाट सुरु भएको घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा (एस) केन्द्रीय सदस्य मुनु सिग्देलसहित उनीहरुको उपस्थिति रहेको थियो ।

विपक्षी दलहरुले कांग्रेस शीर्ष नेतृत्व टिकट वितरणबाट असन्तुष्ट रहेकोभन्दै गलत प्रचार गरिरहेको समयमा उनीहरुको उपस्थितिले गठबन्ध एक ढिक्का रहेको सन्देश प्रवाह भएको छ भने कार्यकर्तामा पनि उत्साहित देखिएका छन् । घर दैलो कार्यक्रममा गठबन्धनको तर्फबाट हेटौंडाको मेयरको उम्मेदवार मीना लामा र उपमेयर राजेश बानियाँ तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारको उपस्थिति रहेको थियो ।