२०८१ बैशाख १६, आईतबार    

डाक्टर कुटपिटमा संलग्नालाई काबारहीको माग गर्दै युवाहरु प्रदर्शन

२०८० भाद्र २८, बिहीबार १९:१८ बजे

हेटौंडामा डाक्टर कुटपिट घटनामा संलग्नालाई काबारहीको माग गर्दै युवाहरुले यहाँ शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

उनीहरुले हेटौंडाको बुद्धचोकमा उभिएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । गत साउन २५ मा डेंगुबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएकोभन्दै एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए ।

घटनामा संलग्नलाई कारबाही गर्नबाट स्थानीय प्रशासन र प्रहरीले ढिलाई गरेकोभन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागी युवा विकेशलाल श्रेष्ठले अस्पतालजस्तो संवेदनशिल र आकस्मिक सेवा प्रदान गर्ने स्थानमा डाक्टरमाथि कुटपिट हुनु असाध्यै दुःखद् भएका कारण मौनरुपमा प्रदर्शन गरिएको बताए ।