२०८१ बैशाख १२, बुधबार    

अवैध गाई र बाच्छा सहित ६ वटा पिकअप गाडि प्रहरीको नियन्त्रणमा

२०७९ कार्तिक २०, आईतबार १२:०१ बजे

मकवानपुर प्रहरीले बिशेष सूचनाका आधारमा अवैध ओसारपसार भईरहेको गाई र बाच्छा सहित ६ वटा पिकअप गाडि नियन्त्रणमा लिएको छ । मध्य रातमा प्रहरीले गस्ती गर्दै सवारी चेकजाँच गर्ने क्रममा गाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी   कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरीमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा ओसार पसार भईरहेको गाई सहित सवारी साधान नियन्त्रणमा लिएको हो । प्रहरीले चितवनबाट ल्याइएको गाई र पिकअप गाडि मनहरीमा चारवटा नियन्त्रणमा लिएको थियो भने संगै आएका अरु दुईवटा पिकअप गाडि त्यहाँबाट भागेपछि प्रहरीको सहकार्यमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातोमाटे प्रहरीले अन्य दुईवटा पिकअप सहित गाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको गाई तथा बाछा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटांैडालाई आवश्यक कार्वाहीका लागि समन्वय गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज ढकालले जानकारी दिए ।

प्रहरीले प्रदेश २–०४–००१ च ००९०, बा २० च ४६६, प्रदेश २–०३–००१ च ६२७०, ना ५ त २९३०, बा.०३–००१ च १३७८, बा.३–००१ च १००८ नम्बरको पिकअप गाडिहरु चेक जाँच गर्दा प्रदेश २–०४–००१ च ००९० पिकअप गाडिमा गाई ६ वटा, बा २० च ४६६,नं.को गाडीमा गाई ५ वटा, प्र.२–०३–००१ च ६२७० नं.को गाडिमा गाई ५ वटा, ना ५ त २०३० नम्बरको पिकअप गाडीमा गाई ५ वटा, बा.०३–००१ च १३७८, नं.को पिकअप गाडीमा गाई ३ वटा र बाछा १ वटा र बा.३–००१ च १००८ नं.को पिकअप गाडीमा गाई ३ वटा र बाछा १ वटा नियन्त्रणमा लिएको थियो । प्रहरीले ६ वटा पिकअप गाडिमा रहेको २९ वटा गाई तथा बाच्छा चितवन प्रहरीसंग समन्वय गरेर पठाएको छ ।

 

यता भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडा मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले प्रत्येक पिकअपलाई जनही ५ हजारका दरले जरिवाना गरेर आएकै स्थानमा प्रहरीको रोहवरमा फिर्ता पठाइएको जानकारी दिए । पशुको भेटेरिनरी प्रमाणपत्र जारी गर्ने डाक्टरको लापरवाहीका कारण पनि समस्या आएको उनले बताए । कतिपय अवस्थामा खाली कागजमा भेटेरिनरी डाक्टरले सहि गरिदिद व्यापारीले आफ्नै हिसावले भर्ने र नियम विपरित तथा मापदण्ड भन्दा बाहिर गएर अवैध रुपमा गाई तथा गोरुको ओसार पसार गर्ने गरेको बताए ।