२०८१ बैशाख ८, शनिबार    

नगरप्रमुख फोहर टिप्दै सडकमा

२०७९ पौष १६, शनिबार १८:०२ बजे

हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा बिकास गर्ने लक्ष्यसहित थालिएको ‘सफा हेटौंडा अभियान’ लाई सार्थक बनाउन हेटौंडा उपमहानगपालिकाका नगर प्रमुख मीनाकुमारी लामा आफै शनिवार विहान सडकमा देखिइन् ।

बिहान सबेरै हातमा कुच्चो बोकेर त्रिदेब मार्गको सडक सफा गर्ने अभियानमा रहेकी उनीसँगै अन्य स्थानिय बासिन्दाको साथ रहेको थियो । उनिसहितको महिला टोली सडक बडार्ने र फोहर संकलनको काममा रहँदा दाँयाँ बायाँका घरका बासिन्दा दर्शक मात्र बनिरहेको देखिन्थ्यो । उपमहानगरले सुरु गरेको अभियानलाई हरेक साताको सनिवार कार्यान्वयनमा ल्याउन नगर प्रमुख लामा आफै खटिने गरेकी छन् ।

शनिवार हेटौंडा –४ को परिजात पथ र त्रिदेब मार्गमा उनिसहित टोलबिकास सस्था, महिला उद्यमी र आमा समुह सहितको टोली सफा हेटौंडा बनाउँनका लागि सडकमा उत्रिएको हो । हातमा कुच्चो बोकेर सडक बडार्ने, सडक छेउमा भएको फोहर संकलन गर्ने र सडक छेउमा रहेका बिरुवाको गोडमेल सहितको काम अभियानको क्रममा गरीएको थियो ।

अभियानलाई साझा बनाउनका लागि ‘टुगेरद वी क्यान’ को नारा दिइएको छ । आज हामी गर्छौै अन्य दिन स्थानीयको जिम्मेवारी हो भन्ने देखाउनका लागि यो नारा अपनार्ईएको नगर प्रमुख लामाले बताइन् ।

उपमहानगरले समुदायसँगै जोडेर अभियान सञ्चालन गर्दा स्थानिय बासिन्दालाई पनि जिम्मेवारीको महशुष हुने उनको बुझाइ छ । अहिले उपमहानगरमा रहेका टोलबिकास सस्थाले टोलटोलमा पुगेर अभियानलाई सार्थक बनाउन लागिरहेको र यसको परिणामा बिस्तारै देखिदै जाने बताइएको छ । हामिले हाम्रो पचिानको रुपमा रहेको शुन्दर हरीत नगरीलाई थप प्रभाबकारी बनाउँन अभियान थालेको नगर प्रमुख लामाले बताइन् ।