२०८१ बैशाख २९, शनिबार    

कांग्रेसद्वारा भीमफेदीमा उम्मेदवार परिवर्तन

२०७९ बैशाख १२, सोमबार ११:५२ बजे

नेपाली कांग्रेसले भीमफेदी गाउँपालिकाको उम्मेदवार परिवर्तन गरेको छ ।

कांग्रेसले उपप्रमुखमा गाउँपालिका सभापति सञ्जिव श्रेष्ठलाई अगाडि बढाएको हो । यसअघि कांग्रेस संसदीय दलले उपप्रमुखमा मोमलाल दोङको नाममा सहमति गरेको थियो । मोमलाल यसअघिको चुनावमा पनि उपप्रमुखको उम्मेदवार थिए ।

भीमफेदीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले प्रमुख पदको उम्मेदवार पाएका छन् । भीमफेदी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट आइतबार उम्मेदवारी दर्ता भइसकेको छ । एमालेले प्रमुखमा हिदम लामा र उपप्रमुखमा पार्वती रानालाई उम्मेदवार बनाएको छ ।