२०८१ बैशाख २९, शनिबार    

नरिवल फुटाएर गठबन्धनको पहिलो सम्पर्क कार्यालय उद्घाटन

२०७९ बैशाख १३, मंगलबार १९:३८ बजे

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनको पहिलो सम्पर्क कार्यालय हेटौंडा १ चाईनाक्वाटरमा उद्घाटन गरिएको छ ।
गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर/उपमेयरको उम्मेदवार बनेका मिनाकुमारी लामा र राजेश बानियाँले कार्यालय परिसरमा नरिवल फुटाउँदै उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने काममा भुमिका खेल्न आग्रह गरिन् ।
अहिले फरक परिस्थितिमा गठबन्धन गरेका छौं । जिल्लामा भएका हरेक आन्दोलनमा सँगै भएपनी चुनावी मैदानमा फरक फरक रहँदै आएका थियौं तर अहिले फरक अवस्था श्रृजना भएको बताइन् । आन्दोलनबाट ल्याएको ल्याएको परिवर्तनलाई स्थापित गर्नका लागि अहिलेको अवस्था आएको बताइन् । मुलुक र गणतन्त्र जोगाउनका लागि अहिले गठबन्धनको आवश्यकता रहेको बताइन् । गठबन्धनका उम्मेदवार जनताको हितमा काम गर्दै हेटौंडालाई समुन्नत बनाउन काम गर्ने बताइन् । महिलालाई अवसरबाट बञ्चित गराईंदै आएको छ, अब त्यो अवसर हामिलाई छ सोहि अनुसार गठबन्धनको पक्षमा लाग्न जोड दिइन् ।
कार्यालय उद्घाटनमा मेयर पदका उम्मेदवार लामाले नगरको बिकासका लागि गठबन्धनबाट बनेका उम्मेदवारले काम गर्नेमा बिश्वास गर्न आग्रह गरिन् । १ नम्बरबाट कार्यालयको उद्घाटन गर्न पाउनु सुनौलो मौका भएको भन्दै जनताले चाहेको परिवर्तन र सेवा एमालेबाट नहुने दावी गरिन् । कार्यक्रममा उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पुर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्ने बिश्वास दिलाए । उनले समाजको सकारात्मक बिकासमा काम गर्ने मौका दिन जनतान आग्रह गरे । नेपाली कााग्रेस १ वडा इकाई समितिका सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा कााग्रेस बागमती प्रदेश समितिका सदस्य जानकी गिरीसहित वडा अध्यक्षका उम्मेदवार सबिन न्यौपानेको आतिथ्यता रहेको थियो ।