२०८१ बैशाख १२, बुधबार    

चलचित्र पत्रकारिता दिवसमा तीनजना सम्मानित

२०८० जेठ ७, आईतबार १२:०३ बजे

चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौंडामा तीनजना सम्मानित भएका छन् । सम्मानित हुनेमा दुई पत्रकार र एक कलाकार रहेका छन् ।

करिब तीन दशक देखी चलचित्र पत्रकारितामा क्रियाशील चलचित्र पत्रकार राजन घिमिरेलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । घिमिरेलाई नगद १० हजार राशीसहितको पुरस्कार प्रदान गरिएको हो । घिमिरे संघको केन्द्रीय संस्थापक सदस्य रहेका छन् ।

यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी कुमारलाई पुरस्कृत भएका छन् । अधिकारीलाई नगद ५ हजार राशीसहित सम्मानपत्र प्रदान गरिएको थियो । उनी दुई दशक बढी समयदेखि मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील छन् । चलचित्र कलाकर्मी सम्मान–२०८० कलाकार सुलेमान शंकर ‘ईकु’लाई प्रदान गरिएको छ ।

उनलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएकोे थियो । मकवानपुरमा जन्मिएर राष्ट्रिय स्तरको कलाकारितामा सक्रिय रहेका उनलाई सम्मान गरिएको हो । चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासंघ एशोसियट अध्यक्ष बैकुण्ठ पराजुली, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।