२०८१ बैशाख १५, शनिबार    

एमालेले गर्यो धन थापालाई कारबाही

२०७९ बैशाख २४, शनिबार १६:१२ बजे

स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन र पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै हेटौंडा ७ का धन थापालाई एमालेले कारवाही गरेको छ ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कमिटीको बैठकले पार्टीको निर्देशन र हितविपरीत गतिविधिमा सक्रिय भएको, पार्टीको उम्मेदवार हराउन लागिपरेको भन्दै थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन सहितको कारवाही गरिएको वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रिपाठीले जानकारी दिए ।

व्यवसायी समेत रहेका थापाले एमालेले सर्वसम्मत उम्मेदवार बनाएको अध्यक्ष लगाएत सदस्य उम्मेदवारलाई हराउन विपरीत गठबन्धन सङ्ग मिलोमतो गर्ने, गठबन्धनको चुनावी क्रियाकलापमा सक्रिय भएकाले पार्टीको विधान अनुरुप थापालाई कारवाही गरिएको उनले बताए ।