२०८१ बैशाख १७, सोमबार    

जनता मावि प्रकरणः आरोपित तीन जना शिक्षक प्रहरीको नियन्त्रणमा

२०७९ बैशाख ३, शनिबार १५:२२ बजे

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका–८ मा रहेको जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षकलाई प्रहरीले यौन दुव्र्यवहारको आरोपमा नियन्त्रणमा लिएको छ ।

दुई साताअघि विद्यार्थीमाथि यौन दुव्र्यवहारको आरोप लागेका तीनै जनालाई शिक्षकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आरोपित लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्दै आएको आरोपसहित अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक आफै प्रहरीको सम्पर्कमा आएका थिए । फरार रहेका लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार सा“झ इलाका प्रहरी कार्यालय फापरबारीमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
इलाका प्रहरी कार्यालय फापरबारीले शुक्रबारनै तीनै जनालाई जिल्ला प्रहरी कार्यालयलाई बुझाइसकेको छ ।