२०८१ बैशाख २१, शुक्रबार    

नेवारपानीबाट लागूऔषधसहित दुईजना पक्राउ

२०८० आश्विन २७, शनिबार १८:२८ बजे

मकवानपुर प्रहरीले हेटौंडा–१९ नेवारपानीबाट अबैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा–१९ बस्तिपुर का ४१ वर्षीय अर्जुनप्रसाद थपलिया र पर्सा जिल्लाको बेलबासी गाउँपालिका–४ का ४० वर्षीय बिनोद चौरासिया रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार दिउँसो २ बजेर २० मिनेटको समयमा विशेष सुचनाको आधारमा प्रहरीले मनहरीबाट हेटौँडा जाँदै गरेको बा प्र ०३–००१ च ११७६ नम्बरको बोलेरो र ना ५३ प ६११४ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा बोलेरो गाडीबाट लागुऔषध गाँजा ४० किलो फेला पारेको थियो ।

लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।