२०८१ जेठ ५, शनिबार    

वकैयामा धर्म लामिछाने विजयी

२०७९ जेठ ४, बुधबार ०८:४८ बजे

मकवानपुरको वकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

नेकपा एमालेलाई पराजित गर्दै प्रमुखमा कांग्रेसका उम्मेदवार धर्म लामिछाने र उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । २१ हजार ७७१ मत खसेको वकैया प्रमुखमा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार २९२ मत प्राप्त गरेका थिए ।

पराजित एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् । उपमेयरमा निर्वाचित खत्रीले ९ हजार ५२२ मत प्राप्त गरे । एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।