२०८१ बैशाख १३, बिहीबार    

कांग्रेसले शालिकरामलाई विश्वासको मत दिने

२०७९ माघ ३, मंगलबार १३:४८ बजे

नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।

मंगलबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको वैठकले केही सांसदहरुको फरक मत रहँदारहँदै पनि विश्वासको मत दिने निर्णय गरेको हो । दल नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको संसदीय दलको वैठकले मुख्यमन्क्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशत्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको सांसदहरुले बताएका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले आजको प्रदेशसभा वैठकमा विश्वासको मत लिने कार्यक्रम छ । कांग्रेस प्रदेशसभाको सवैभन्दा ठूलो दल हो । कांग्रेसका ३७ सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । ११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दलको बहुमत रहेको छ । विश्वासको मत प्राप्त गर्न जम्मकट्टेललाई ५६ मत भए पुग्छ ।

वैठक १२ः३० बजेका लागि आव्हान भएपनि कांग्रेस संसदीय दलको वैठकको कारण अझै बस्न सकेको छैन । कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएको थियो ।