२०८१ बैशाख २१, शुक्रबार    

४७ करोड ९३ लाखमा हुप्रचौरमा ११ तले भवन बन्ने

२०७८ चैत्र ११, शुक्रबार ११:३९ बजे

हेटौंडा–४ हुप्रचौरमा निर्माण सुरु भएको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।

४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावरसहितको बहुउद्देश्यीय भवनको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका हुन् । भवन निर्माणपश्चात् उपमहानगरको आन्तरिक स्रोतमा वृद्धि हुने मेयर महतको भनाइ छ ।

बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेर काम सुरु गरेको हो ।
११ तले भवनमा सबैभन्दा तल दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भर्‍याङ, सबैभन्दा माथि भ्यूटावर निर्माण गरिने योजना रहेको महाशाखा प्रमुख सत्यनारायण साहले बताए ।

तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको साहले बताए । हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाका महाशाखाका प्रमुखहरु, कर्मचारीहरु, समाजसेवीलगायतको आतिथ्यता रहेको थियो ।