२०८१ बैशाख १५, शनिबार    

रोटरी क्लब अफ मकवानपुरमा कार्की पदास्थापित

२०७९ असार ३२, शनिबार १९:२५ बजे

रोटरी क्लब अफ मकवानपुर अध्यक्ष कृष्णबहादुर कार्की पदास्थापित भएका छन् ।

रोटरीको आठौं पदस्थापन कार्यक्रमबाट उनलाई संस्थाका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले चेन हस्तान्तरण गर्दै एकवर्षे कार्यकालका लागि अध्यक्षमा पदास्थापित गरेका हुन् । अध्यक्षमा पदास्थपित भएसँगै कार्कीले विभिन्न पदमा समेत मनोनित गरेका छन् ।

उपाध्यक्षमा अञ्जनीकुमार पराजुली, सचिव विजयकुमार श्रेष्ठ,कोषाध्यक्ष हरिकुमार शर्मा, प्रेसिडेन्ट इलेक्ट शुक्रराज जोशी र प्रेसिडेन्ट नोमिनीमा विष्णगोपाल महर्जनलाई मनोनित गरेका छन् ।
अध्यक्षमा पदास्थपित भएसँगै कार्कीले संस्थाको उद्देश्य अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले नीति तथा योजना निर्माण गरेर वर्षभरी विभिन्न सामाजिक गतिविधि गरिने समेत प्रष्ट्याए ।

संस्थाका पूर्वअध्यक्ष कविन सांगामीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।