२०८१ बैशाख ७, शुक्रबार    

युवा व्यवसायी गौतमद्वारा विद्यार्थीलाई पोशाक सहयोग

२०७९ असार ६, सोमबार १६:५१ बजे

हेटौंडाका युवा व्यवसायी रामशरण गौतमले एकसय जना विपन्न विद्यार्थीलाई पोशाक प्रदान गरेका छन् ।

हेटौंडा–७, नवज्योति माविमा अध्ययनरत् नर्सरीदेखि कक्षा ५ सम्मका विपन्न विद्यार्थीलाई उनले सोमबार विद्यालय पोशाक प्रदान गरेका हुन् । उनले विद्यालयमै पुगेर शिक्षक, अभिभावक, जनप्रतिनिधिको उपस्थितिमा कपडा वितरण गरेका हुन् ।

इच्छा मनकामना डेभलपर्स प्रालिका सञ्चालक हेटौंडा–७ का सञ्चालक समेत रहेका गौतमले सामाजिक उत्तरदायित्वअन्तर्गत् रहेर सहयोग गरिएको बताए । ‘हामी व्यवसायीले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ ।’, उनले आगामी दिनमा पनि विद्यार्थीका लागि आवश्यकता अनुसार सहयोग गर्न आफू तयार रहेको बताए ।