२०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा राप्रपा अगाडि

२०७९ जेठ १, आईतबार १९:०५ बजे

हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता  कायम गरेको छ । करिब २४ घण्टासम्म अग्रता लिएकी सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार मीनाकुमारी लामाको अग्रतालाई राप्रपाले तोडेको हो ।

हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहँदा राप्रपका उम्मेदवार दीपक सिंह अग्रता कायम गर्न सफल भएका हुन् । साँझ ७ बजेसम्म ८ हजार ८ सय ३६ मत गणनाहुँदा राप्रपाले अग्रता लिएको छ । मेयरमा राप्रपा ३१ मतले अघि लागेको छ । राप्रपाका सिंहले २६६६, गठबन्धन उम्मेदवार लामाले २६३५ मत र नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २४१८ मत प्राप्त गरेका छन् ।

हेटौंडा–१ मा कांग्रेसका उम्मेदवार सविन न्यौपाने विजयी भएका छन् । उनले एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन् । न्यौपानेले १ सय ३१ मतान्तरले विजयी भएका हुन् । न्यौपानेले १४ सय ४२ मत प्राप्त गर्दै विजयी भए । पौडेलले १३ सय ११ मत प्राप्त गरेका थिए । न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका थिए । यस वडामा ३ हजार २ सय ९३ मत खसेको थियो ।