२०८१ बैशाख १५, शनिबार    

४२२ केजी गाँजा र ट्रक नियन्त्रणमा

२०७९ जेठ ९, सोमबार १४:३० बजे

इलाका प्रहरी कार्यालय पालुङले लागूऔषध गाँजा र ट्रक नियन्त्रणमा लिएको छ ।

पालुङबाटबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँज गर्ने क्रममा थाहा नगरपालिका–३, बायोखोलास्थित डाँडाबास–पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रहेको गाँजा र ट्रक नियनत्रणमा लिएको हो । प्रहरीले ना. ६ ख. ३२४३ नम्बरको महेन्द्रा कम्पनीको मिनि ट्रकलाई शंका गरी चेकजाँच गर्दा ट्रकको पछाडितर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाँधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागूऔषध गााजा फेला पारेको हो ।

लागूऔषध गाँजा र मिनिट्रकलाई नियन्त्रणमा लिएर संलग्न व्यक्तिको खोजतलास र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।