२०८३ बैशाख ५, शनिबार    

धरहराबाट उठ्यो ११ करोड राजस्व

२०८२ चैत्र ९, सोमबार १२:१९ बजे

धरहरा सञ्चालनमा आएको १५ महिनामा ११ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म मात्र ५ करोड ९५ लाख रुपैयाँ राजस्व उठेको हो । अहिलेसम्म ६ लाख ५ हजार ३ सय ९१ जनाले धरहराको अवलोकन गरिसकेको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइका प्रमुख महेश राई (एमटेन) ले जनाए ।

साताभर नै धरहरा खुला हुने गरेको छ । धरहरा अवलोकन गर्न चालु आर्थिक वर्षको फागुनसम्म ३ लाख ३० हजार ३ सय ९१ जना आएको राईको भनाइ छ । गत आर्थिक वर्षमा भने २ लाख ७५ हजार पर्यटकले धरहरा अवलोकन गरेका थिए । २०७२ सालको भूकम्पले नौतले धरहरा भत्किएको थियो । यसको पुनर्निर्माणपछि ९ मंसिर २०८१ बाट सर्वसाधारणका लागि खुला गरिएको थियो ।