२०८१ बैशाख १३, बिहीबार    

जिप दुर्घटनामा ३ जनाको मृत्यु

२०७९ मंसिर ५, सोमबार ०९:३२ बजे

बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ को थुममा जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको उनले बताए ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।