२०८१ बैशाख १४, शुक्रबार    

गणपतीका शेयर सदस्यलाई आँखाको उपचारमा छुट

२०७९ असार १६, बिहीबार १८:४२ बजे

हेटौंडा–२ मानसचोकमा रहेको गणपती बाबा सहकारी संस्थाका शेयर सदस्यले उपचारमा छुट पाउने भएका छन् । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा हेटौंडा सामुदायिक आाखा अस्पतालसाग गरेको उपचार सम्झौता अनुसार शेयर सदस्यहरुले आाखाको उपचारमा सहुलियत पाउने भएका हुन् ।

सहकारीका अध्यक्ष बिष्णुप्रसाद घिमिरे (ध्रुव) र अस्पतालका प्रमुख डा. सुनिल तुलाचनवीच दोहोरो सहयोग हस्तान्तरणको सम्झौता भएको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष घिमिरेका अनुसार सम्झौता अनुरुप अस्पतालले बिकट क्षेत्रमा गरेका आाखा शिविरहरुमा देखिएका मोतियाबिन्दुका बिरामीहरुको उपचारमा सहयोग गर्ने र सहकारीका शेयर सदस्यलाई सहुलियत दरमा आाखा जााचमा सहयोग गर्ने उल्लेख छ ।

सहकारीले ११ औं बार्षिकोत्सबमा स्वास्थ्य लाभको कामना कार्यक्रम गदै अस्पतालमा उपचार गराइरहेका ३ सय बिरामिहरुलाई जुस, पानी र फलफूल वितरण गरेको सहकारीका व्यवस्थापक युवराज तिमल्सिनाले जानकारी दिए । सहकारीमा १ हजार ७०४ जना शेयर सदस्यहरु रहेका छन् । सहकारीले चालु आर्थिक बर्षमा ६ करोड ७५ लाख बराबरको कारोवार गरेको छ भने ५ करोड ७२ लाख रुपियाा ऋण लगानी गरेको व्यवस्थापक तिमल्सिनाले जानकारी दिए ।

सहकारीले वार्षिकोत्सवमा दीप प्रज्वलनसहित औपचारीक कार्यक्रम गर्दै ११ औं बर्ष प्रवेशको केक समेत काटेको थियो ।

कार्यक्रममा सहकारीका कानुनी सल्लाहकार रामकृष्ण मैनाली, महिला समिति सभापती अञ्जना उपाध्याय लगायतले सहकारीको बारेमा धारणा राखेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष बिष्णुप्रसाद घिमिरे (ध्रुव) को अध्यक्षतामा भएको थियो ।