२०८१ जेठ ४, शुक्रबार    

ललितपुर फाइनलमा, मकवानपुर र दोलाखा भिड्दै

२०७८ चैत्र ४, शुक्रबार १५:५२ बजे

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ ललितपुर जिल्लाले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै ललितपुरले अन्तिम दुईमा स्थान बनाएको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको नजिता टाइब्रेकरमार्फत् छिनोफानो गरिएको थियो ।

उपाधिका लागि ललितपुरले मकवानपुर र दोलखाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मकवानपुर र दोलाखा केहीबेरमा भिड्दै छन् ।