२०८१ जेठ ४, शुक्रबार    

मकवानपुर फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

२०७८ चैत्र ४, शुक्रबार १८:३१ बजे

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ मकवानपुर फाइनलमा प्रवेश गरेको छ । अब मकवानपुरले उपाधिका लागि ललितपुर जिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा दोलखालाई ५–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम दुईमा पुगेको हो । मकवानपुरको तर्फबाट समिरराज थोकरले १४, ५५, ललित चौलागाईंले ३४, अमिर श्रेष्ठले ७९ र अनिश महर्जनले ८८ औं मिनेटमा गोल गरेका थिए । दोलखाका लागि स्वयम् श्रेष्ठले एक गोल गरे । खेलको म्यान अफ दी म्याच अमिर श्रेष्ठ घोषित भए ।

पहिलो सेमिफाइनलमा धादिङलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै ललितपुरले अन्तिम दुईमा स्थान बनाएको थियो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको नजिता टाइब्रेकरमार्फत् छिनोफानो गरिएको थियो ।