२०८१ माघ २८, सोमबार    

अग्रवाल र अधिकारीद्वारा अक्षयकोषको स्थापना

२०८१ पौष २१, आईतबार १२:१२ बजे

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्षका प्रत्याशी अनिल अग्रवाल र बाणिज्यतर्फको उपाध्यक्ष पदको उम्मेदवार राजु अधिकारीले अक्षय कोष स्थापना गरेका छन् ।

आइतबार पश्चिमी मकवानपुरको व्यापारिक केन्द्र मनहरी बजारको व्यवसायीसँगको अन्तर्क्रिया तथा चियापानको क्रममा पुस २७ गते संघको अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका अग्रवाल र बाणिज्यतर्फ उपाध्यक्ष पदका उम्मेदवार अधिकारील अग्रज व्यवसायी सम्मानका लागि े १ लाख ११ हजार १ सय ११ रुपैयाँका बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

उनीहरुले उक्त अक्षयकोष मनहरी उद्योग बाणिज्य संघलाई हस्तान्तरण गर्ने यसै समूहबाट संघको महासचिव पदका उम्मेदवार विकेशलाल श्रेष्ठले जानकारी दिए । ‘दुवैजनाले घोषणा गरेको अक्षयकोष मनहरीलाई नै हस्तान्तरण गर्नेछौं ।’, श्रेष्ठले भने ।

व्यवसायीसँगको छलफलको क्रममा मनहरी गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीले व्यवसायीको पक्षमा काम गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । ‘व्यवसायीको हितमा काम गर्ने उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण व्यवसायीलाई अनुरोध गर्दछु ।’, उनले भने ।