२०८१ जेठ ४, शुक्रबार    

एकसय विद्यार्थीलाई व्याग वितरण

२०७८ चैत्र १८, शुक्रबार १७:५२ बजे

हेटौंडा–६, गौरीटारमा रहेको बाल जागृती युवा वर्ष माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको छ ।

स्थानीय विदुरप्रसाद चौलागार्इं र विद्यालयका पूर्वविद्यार्थीको आर्थिक सहयोगमा स्कुल व्याग वितरण गरिएको हो । कक्षा १ देखि ५ सम्मका सय जना विद्यार्थीलाई करिब ४० हजार रुपैयाँ बराबरको ब्याग सहयोग गरिएको हो । वडा सदस्य राजकुमार बास्तोलाको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई ब्याग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिना, शिक्षक अभिभावक समितिका अध्यक्ष आशिष चौलागाईंण्, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।