२०८१ बैशाख २३, आईतबार    

गढी ६ को अन्तिम मतपरिणाम सार्वजनिक

२०७९ जेठ २, सोमबार १९:१३ बजे

मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

वडामा कांग्रेसका कृष्णप्रसाद बजागाईं ८५१ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी टिका प्रसाद दाहालले ८०१ मत ल्याएका छन् । ६ नम्वर वडामा ५० मत अन्तरले बजगाईं ५ बर्षको लागि वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

सो वडाबाट गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तानलाई ६२३, नेकपा एमालेका विदुर हुमागाईंलाई ९७१ मत प्राप्त भएको छ । त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी मानकुमारी पाख्रिनलाई ५६१ र एमालेकी सन्तु थिङ्लाई ८५८ मत प्राप्त भएको हो ।

यसअघि मकवानपुरगढी गाउँपालिका वडा नम्वर १,२,७ र ८ मा कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।