२०८० चैत्र १५, बिहीबार    

चितवनमा जन्ती बस दुर्घटना, १२ जना घाइते

२०७९ जेठ २५, बुधबार १८:१५ बजे

चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको जन्ती बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीले बताए ।

उनका अनुसार घाइतेहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बसमा ३० जना सवार थिए ।