२०८१ बैशाख २४, सोमबार    

एमाले राक्सिराङमा सहमति, वाग्मतीमा विवाद

२०७८ चैत्र २६, शनिबार १६:२७ बजे

नेकपा एमालेले धमाधम उम्मेदवार तय गरिरहेको छ । सोही क्रममा मकवानपुरको राक्सिराङ गाउँपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार तय भएका छन भने वाग्मती गाउँपालिकामा विवाद भएको थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा दुवै स्थानमा पराजित भएको एमालेले यसपटक जित्ने लक्ष्य राखेपनि अध्यक्ष पदमा धेरै आकांक्षी देखिएका छन् । सोही क्रममा राक्सिराङ गाउँपालिकाले सर्वसम्मतरुपमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गरेको छ । राक्सिराङमा अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्षमा सुन्तलीमाया प्रजालाई उम्मेदवार बनाउने भएको हो ।

वाग्मती गाउँपालिकामा अध्यक्षमा चारजना सिफारिस गरेको छ । गाउँ कमिटी वैठकले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सीनालाई सिफारिस गरेको हो । बैठकले उपाध्यक्षमा गोपीकुमारी फुयाँल, वर्तमान उपाध्यक्ष धनमाया स्याङतान, राधिका तिमल्सिना, शर्मीण्ला विक र सविना योञ्जनलाई सिफारिस गरेको छ ।