हेटौंडा/ मकवानपुर जिल्लामा वर्षेनी आत्महत्या गर्ने दर बढिरहेको छ ।
चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ६ महिनामा आत्महत्या गर्नेको संख्या डरलाग्दो गरी बढेको छ । चालु आर्थिक वर्षको पुसमसान्तसम्म ५१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक रहेको छ । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी निरीक्षक चुडाकुमारी खड्काले बताइन् ।
उनका अनुसार झुण्डिएर ३७ जना, विष सेवन गरी १३ जना र पानी डुबेर एकजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये २८ जना पुरुष, १५ जना महिला र ८ जना बालबालिका रहेका छन् । प्रहरीका अनुसार झुण्डिएर २४ पुरुष, ७ महिला, दुई बालक, चार बालिका गरी ३७ जना रहेका छन् । विष सेवन गरी ४ पुरुष, ७ महिला, एक बालक, एक बालिकाले आत्महत्या गरेका छन् ।