२०८१ जेठ ४, शुक्रबार    

प्रदेश खेलकुदको जिल्ला छनौट चारदिन

२०७८ फाल्गुन १३, शुक्रबार १९:०० बजे

हेटौंडा/ प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता–२०७८ को जिल्ला छनौट शनिबारबाट सुरु हुने भएको छ ।

प्रतियोगिताका लागि मकवानपुरमा ८ वटा खेलको जिल्ला छनौट हुने भएको छ । वाग्मती प्रदेश खेलकुद विकास परिषद्का आयोजनामा हुने प्रतियोगितामा विभिन्न आठवटा खेलको जिल्ला छनौट १८ गतेसम्म हुने बताइएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहाल खुशराजका अनुसार फागुन १८ गतेभित्र जिल्ला छनौट सम्पन्न गर्ने गरी खेल तालिका बनाइएको छ ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टनको जिल्ला छनौट हुने भएको छ । जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद चैत महिनामा गर्ने तयारी वाग्मती प्रदेश खेलकुद मन्त्रालयले अगाडि बढाएको छ ।