२०८१ बैशाख २७, बिहीबार    

प्रदेश खेलकुदमा ८ खेलको जिल्ला छनौट हुने

२०७८ फाल्गुन १, आईतबार १२:२७ बजे

हेटौंडा/ प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता–२०७८ का लागि मकवानपुरमा ८ वटा खेलको जिल्ला छनौट हुने भएको छ ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्का आयोजनामा हुने प्रतियोगितामा विभिन्न आठवटा खेलको जिल्ला छनौटको तयारी अगाडि बढाएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहाल खुशराजका अनुसार फागुन १७ गतेभित्र जिल्ला छनौट सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टनको जिल्ला छनौट हुने भएको छ । जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद चैत महिनामा गर्ने तयारी वाग्मती प्रदेश खेलकुद मन्त्रालयले अगाडि बढाएको छ ।

समितिले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीलाई प्रशिक्षक तथा संघमार्फत् फारम भर्न पनि अनुरोध गरिएको छ ।