२०८३ श्रावण ११, सोमबार    

कैलाशको नीति तथा कार्यक्रम र बजेट पास

२०८१ असार १०, सोमबार १५:२५ बजे

मकवानपुरको विकटमा रहेको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सोमबार बसेको १४ औ गाउँसभाको अधिवेशनले नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित भएको हो । गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अधिवेशनमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले मकवानपुरको कैलाश गाउापालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि चालु तर्फ ३३ करोड १२ लाख ४७ हजार रुपैयाँ र पूँजीगत तर्फ १५ करोड ६६ लाख २० हजार गरी कुल बजेट ४८ लाख ७८ हजार ६७ हजार रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, बजेट वक्तव्य मध्यकाली खर्च संरचना २०८१ पनि अधिवेशनले बहुमतले पारित गरेको हो।