२०८३ कार्तिक ३, सोमबार    

भीमफेदी–७ र ८ मा युवा संघ नेपाल गठन

२०७८ फाल्गुन ८, आईतबार १९:३० बजे

हेटौंडा/ नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिकाले संगठन विस्तार अभियानलाई तीब्रता दिएको छ ।

आइतबार भीमफेदी गाउँपालिका–७ र ८ नम्बर वडामा नयाँ कार्यसमिति चयन गरिएको छ । युवा संघ भीमफेदी गाउँपालिका संयोजक बादल सिलवालका अनुसार संयुक्त भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । भीमफेदी–७ मा जनक चुनीको अध्यक्षतामा २१ सदस्यीय र भीमफेदी–८ मा विनेश अधिकारीको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको हो ।

संयोजक सिलवालका अनुसार पार्टीका निर्देशन अनुसार सवै वडामा नयाँ कार्यसमिति गठन भइरहेको छ । ‘वर्तमान राजनीतिक अवस्थाको विषयमा युवाहरुलाई जानकारी गराउँदै संगठन विस्तारलाई हामीले तीब्रता दिइरहेका छौं ।’, उनले भने ।