२०८१ बैशाख १३, बिहीबार    

स्थापना दिवसमा प्रभातफेरी

२०७९ चैत्र १६, बिहीबार १५:२८ बजे

स्थापना दिवसको सन्दर्भ पारेर नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

महासंघको ६८ औं स्थापना दिवसको अवसरमा विहान यस कार्यक्रमको आयोजना गरिएको हो । सञ्चारकर्मीको उपस्थितिमा हेटौंडाको सीमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोकहुँदै बजार परिक्रमा गरी पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुव अधिकारीले सम्बोधान गरेका थिए ।

उनले पत्रकारिता क्षेत्रले वर्तमान अवस्थामा आम नागरिकहरुको विश्वसनीयता गुमाउँदै गएकोमा दुःख व्यक्त गर्दै गुमेको विश्वास आर्जन गर्न जिम्मेवार र उत्तरदायी भएर पेशामा क्रियाशील हुन सबै पत्रकारलाई आग्रह गरेका थिए ।