२०८१ बैशाख २६, बुधबार    

बसन्त सिटौलाको नेतृत्वमा जिल्ला भलिबल संघ

२०७९ असार ८, बुधबार १५:५५ बजे

मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्तकुमार सिटौला सर्वसम्मत चयन भएका छन् । हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा बुधबार भएको संघको पाँचौ अधिवेशनबाट सिटौलाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको छ ।

संघको उपाध्यक्षमा इन्द्र सञ्जेल र चुडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् । समिति सदस्यहरुमा मनोज लामा, ईन्द्र बज्राचार्य, कमल बिडारी, सजिता पौडेल, सिशम माझी, रजु घले र रञ्जन अमात्य चयन भएका छन् । जिल्ला भलिबल संघका निवर्तमान अध्यक्ष विन्द्रलाल श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सिटौलालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

संघका निवर्तमान अध्यक्ष विन्द्रलाल श्रेष्ठको अध्यक्षता तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । अधिवेसनमा भलिबलका अन्तराष्ट्रिय निर्णायक गौतम लासिया, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा लगायतको आतिथ्य रहेको थियो ।